सुनको महल बनाउने मेरो कुनै चाह छैन
झुपडीमै रात काट्ने बास पाए पुग्छ ।
सगरमाथा गर्व गनर्े मेरो कुनै रहर छैन
नेपाली हुँ भनी केवल जीउन पाए पुग्छ ।
ओठभरी हाँसो बोकी मुस्कान छोड्ने चाह छैन
आँखाभरी आँसु बोकी रुन पाए पुग्छ ।
बादलीको शितल ताप्ने मेरौ कुनै स्वप्न छैन
निलो आकाश सूर्यसँग खेल्न पाए पुग्छ ।
भिडहरुको माझमा मलार्इ हराउने डर छैन
अनाथ हुँ बेसाहारा भन्न पाए पुग्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment