Saturday, March 22, 2008

गजल

अँध्यारो छ चारैतिर धुम्म पर्‍यो साँझ पनि
विन्ती बाहिर नजाउm तिमी भिडन्त छ आज पनि ।
डरमर्दो समय यो बेहोसीको तालमा अनि
कति जिदी गछौं तिमी जान्छु बाहिर हेर्न भनी
बष्र्ााएर गोली बारुद जस्तै मै हुँ भन्ने पनि
मर्छन्‍ त्यहीं ध्वस्त भर्इ भित्रै बस तिमी पनि
सिद्धान्तको बम हुन्न पडि्‍कने त उर्जा हो नि
प्रतिसेकेण्ड रगतको धारो बग्छ सम्झे पनि
फेरि घोर विष्फोट भयो छिटा आयो यता पनि
आफैं तिमी भाग्न सिक बाँच्नु मैले पर्छ भनी
(माओवादीåारा पनौती नगरपालिकामा आत्रmमण्ा गरिएको समय (मध्यरात)मा रचित गजल)

1 comment:

rajankathet said...

solta, timro aafnai kawitaa ho yo?? J hos simple dekhinchha tara KaDaa chha..tc