Saturday, March 22, 2008

गजल

आँखा जुधार्इ तिमीलार्इ हेरिरहुँ जस्तो लाग्छ
सपनीमा तिम्रो नाम जपिरहुँ जस्तो लाग्छ ।
मनभित्र कुरा लुकार्इ ओठ चलाइदिए जस्तो
छातिभित्र तिम्ले मेरो माया साँचेजस्तो लाग्छ ।
मेरो बाटो तिमी सधैं कुरिरहे जस्तो लाग्छ
मिठो बोली मुस्कान तिम्रो चोरिदिउँजस्तो लाग्छ ।
हतार लाग्छ बोल्न मलार्इ तिम्रो मौनतालार्इ देख्दा
तिम्रो मनको भित्री कुरा आफैं खोलूँ जस्तो लाग्छ ।

No comments: